पाकिस्तानमा सडक दुर्घटना : ६ जनाको मृत्यु, ६ घाइते
सोमबार, २९ जेठ २०८०, २१ : ४५
इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको कान्धकोट क्षेत्रमा सोमबार एउटा ट्रकले दुईवटा अटो रिक्सालाई ठक्कर दिँदा बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
उक्त प्रान्तको कश्मोर जिल्लाको कान्धकोटको साकी मोर क्षेत्रमा ट्रकले दुईवटा यात्रुवाहक रिक्सालाई ठक्कर दिँदा सो दुर्घटना भएको सो क्षेत्रका उपयुक्त मनव्वर अली मिठानीले सञ्चारमाध्यमलाई बताएका छन् ।
मृत्यु हुनेमा एकै परिवारका तीन बालबालिका र एक महिला रहेको अधिकारीले जानकारी दिएका छन् ।
एक जना प्रत्यक्षदर्शीका अनुसार चालकले तीव्र गतिमा रहेको लोडर गाडीले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको हो ।
घटनास्थलबाट चालक फरार भएका छन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण