बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा सडक दुर्घटना : ६ जनाको मृत्यु, ६ घाइते

सोमबार, २९ जेठ २०८०, २१ : ४५
सोमबार, २९ जेठ २०८०

इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको कान्धकोट क्षेत्रमा सोमबार एउटा ट्रकले दुईवटा अटो रिक्सालाई ठक्कर दिँदा बालबालिकासहित  छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

उक्त प्रान्तको कश्मोर जिल्लाको कान्धकोटको साकी मोर क्षेत्रमा ट्रकले दुईवटा यात्रुवाहक रिक्सालाई ठक्कर दिँदा सो दुर्घटना भएको सो क्षेत्रका उपयुक्त मनव्वर अली मिठानीले सञ्चारमाध्यमलाई बताएका छन् ।

मृत्यु हुनेमा एकै परिवारका तीन बालबालिका र एक महिला रहेको अधिकारीले जानकारी दिएका छन् ।

एक जना प्रत्यक्षदर्शीका अनुसार चालकले तीव्र गतिमा रहेको लोडर गाडीले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको हो ।

घटनास्थलबाट चालक फरार भएका छन्  ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप