बाल्टिमोरमा आयोजना भएको तेस्रो बाना कप भलिबल प्रतियोगितामा योङ ब्लड ह्यारिसवर्ग विजयी
बाल्टिमोर । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका (बाना)ले आयोजना गरेको तेस्रो अन्तर राज्य भलिबल प्रतियोगितामा योङ ब्लड ह्यारिसवर्ग खेल टोली विजयी भएको छ ।
विजयी टोलीले बेष्ट अफ फाइव खेलमा उप विजेता टोली सिन्धु बुद्ध ट्याक्स न्यूयोर्कलाई ३-२ ले हराउँदै यस वर्षको बाना कप भलिबल प्रतियोगिता जितेको हो ।
विजेता टोलीले ५ हजार ५ सय ५५ डलर तथा उप विजेता टोलीले ३ हजार ३ सय ३३ डलर प्राप्त गरेका छन् । जुन ११ आइतबारका दिन ८ वटा टोलीहरूले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भलिबल टोलीहरूमा रिजवुड नेपलीज सोसाइटी , सिन्धु बुद्ध ट्याक्स न्यूयोर्क , योङ्गबल्ड ह्यारिसवर्ग ,टेक्सस टिम रेड ,बेलमन्ट बाल्टिमोर, सिनसिनाटी ओहायो ,एनआरएनए मेरिल्यान्ड च्याप्टर तथा पश्चिम रुकुम बान्फीकोट रहेका थिए ।
प्रतियोगिताको लागि १८ वटा खेल टोली मध्ये दोस्रो दिन ८ वटा खेल टोली दोस्रो चरणमा पुग्न सफल भएका थिए ।
जुन ११ कै दिन २ वटा महिला भलिबल टोलीले मैत्रीपूर्ण खेल खेलेका थिए । कूल मिलाएर प्रतियोगितामा १८ वटा टोलीका ४० वटा भन्दा बढी खेलहरू खेलाइएका थिए । दुवै दिनको खेल मेरिल्याण्डको जुनियर्स स्पोर्ट्स सेन्टर जेसवमा खेलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण