शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बाल्टिमोरमा आयोजना भएको तेस्रो बाना कप भलिबल प्रतियोगितामा योङ ब्लड ह्यारिसवर्ग विजयी

मङ्गलबार, ३० जेठ २०८०, ०६ : ४४
मङ्गलबार, ३० जेठ २०८०

बाल्टिमोर । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका (बाना)ले आयोजना गरेको तेस्रो अन्तर राज्य भलिबल प्रतियोगितामा  योङ  ब्लड  ह्यारिसवर्ग खेल टोली विजयी भएको छ ।

विजयी टोलीले  बेष्ट अफ फाइव खेलमा उप विजेता टोली सिन्धु बुद्ध ट्याक्स न्यूयोर्कलाई  ३-२ ले  हराउँदै यस वर्षको बाना कप भलिबल प्रतियोगिता जितेको हो ।

विजेता टोलीले ५ हजार ५ सय ५५ डलर तथा उप विजेता टोलीले ३ हजार ३ सय ३३ डलर प्राप्त गरेका छन् । जुन ११ आइतबारका दिन ८ वटा टोलीहरूले प्रतिस्पर्धा गरेका थिए ।  

प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भलिबल टोलीहरूमा रिजवुड नेपलीज सोसाइटी , सिन्धु बुद्ध ट्याक्स न्यूयोर्क , योङ्गबल्ड ह्यारिसवर्ग ,टेक्सस टिम रेड ,बेलमन्ट बाल्टिमोर, सिनसिनाटी ओहायो ,एनआरएनए मेरिल्यान्ड च्याप्टर तथा पश्चिम रुकुम बान्फीकोट रहेका थिए ।

प्रतियोगिताको लागि १८ वटा खेल टोली मध्ये दोस्रो दिन ८ वटा खेल टोली दोस्रो चरणमा पुग्न सफल भएका थिए ।

जुन ११ कै दिन २ वटा महिला भलिबल टोलीले मैत्रीपूर्ण खेल खेलेका थिए । कूल मिलाएर प्रतियोगितामा १८ वटा टोलीका ४० वटा भन्दा बढी खेलहरू खेलाइएका थिए  । दुवै दिनको खेल मेरिल्याण्डको जुनियर्स स्पोर्ट्स सेन्टर जेसवमा खेलिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप