आन्दोलनरत विद्यालय कर्मचारीले थाले रिले अनसन
काठमाडौँ । सेवा सुरक्षा ग्यारेन्टीसहितका माग अघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीले रिले अनसन थालेका छन्। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले रिले अनसन थालेका हुन्।
जेठ २० गतेदेखि आन्दोलन गर्दै आएका उनीहरू यति बेला राजधानी केन्द्रित आन्दोलनमा छन्।
सरकारले आफ्ना मागहरू सुनुवाइ गर्न आनाकानी गरेको भन्दै असार १ गतेसम्म रिले अनसन जारी राखिने नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले बताए। रिले अनसनपछि पनि सरकारले माग सुनुवाइ नगरेको खण्डमा विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।
आन्दोलनका कार्यक्रम अन्तरगत जेठ २० गतेदेखि २६ गतेसम्म विद्यालयको ताला चाबी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरू सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिएका थिए।
अहिले काठमाडौँ केन्द्रित भएर भद्रकालीमा रिले अनसन थालेका हुन्। सरकारले आगामी आर्थिक वर्षको लागि बजेट भाषणमा आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विद्यालय कर्मचारीहरू आन्दोलित छन्।
जेठ ५ गते सरकारले ल्याएको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा सुविधाको सम्बन्धमा सम्बोधन गरिने बताएको थियो। तर, बजेटमा माग सम्बोधनको विषय समावेश नगरिएको भन्दै आन्दोलनमा जानुपरेको महासचिव योगीले बताए।
देशभर रहेका ३५ हजार भन्दा बढी विद्यालय कर्मचारीहरू सेवा सुरक्षा लगायत विभिन्न मागहरू राख्दै आएका छन्। तर, सरकारले उनीहरूलाई न्यून सेवा सुविधासहित काममा लगाउँदै आएको छ।
अहिलेको अवस्थामा काम गर्न नसकिने भन्दै विद्यालयको तालाचावी स्कुललाई बुझाएर आन्दोलनमा होमिएको महासचिव योगीले बताए।
आन्दोलन र वार्ता सँगसँगै
विद्यालय कर्मचारीहरूले आन्दोलन र वार्तालाई सँगसँगै अगाडि बढाएका छन्।
नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मी किशोर सुवेदीले सरकारसँग वार्ताको लागि समेत पहल भइरहेको बताए। विभिन्न राजनीतिक दलका नेतृत्वसँग भेटेर आन्दोलनबारे जानकारी गराउने काम भइरहेको बताए । त्यस्तै सरकारमा मन्त्रीहरू सरकारी अधिकारीहरूलाई भेटेर दबाब दिने काम समेत भइरहेको महासचिव सुवेदीले बताए ।
वार्ता र आन्दोलन सँगसँगै अगाडि बढाइएको र केही दिनमा सार्थकता पाउने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण