काठमाडौँ महानगरपालिकाले तोड्यो दुई वटा स्कुलमा लगाइएको ताला
काठमाडौँ । महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फुटाएर पठनपाठन सुचारु गराएको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो ।
महानगरपालिकाले सानो भर्याङस्थित संस्कृति स्कुल र बाँसबारीस्थित युलेन्स स्कुलमा अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेको खबर आएको जनाएको छ ।
शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले तालाबन्दी गरिएको खबर प्राप्त भएलगत्तै तत्काल एक्सन लिएर पठनपाठन सहज बनाइएको जानकारी दिए ।
‘अनेरास्ववियू क्रान्तिकारीले दुई स्कुलमा ताला लगाएको खबर आएसँगै हामीले तत्काल एक्सन लिएका हौँ’, उनले भने ।
यसैबीच मेयर शाहले काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा भएको बताए । ‘हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौँ र महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो’, उनले भनेका छन्, ‘यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो।’
तर, पढ्ने ठाउँमा ताला लगाएर अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको शाहको भनाइ छ । ‘चाहे सो विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ’, उनले भने । त्यसैले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर
-
इजरायलको युद्ध मन्त्रीपरिषद्को सदस्यले दिए नेतान्याहुलाई अल्टिमेटम
-
एमाले मुस्ताङकाे अध्यक्षमा दीपक लालचन निर्विरोध
-
प्रिमियर लिगको अन्तिम दिन : कसको पोल्टामा पुग्ला उपाधि ?
-
साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने