‘बजेट अभावले काम गर्न सकेका छैनौँ’
काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले बजेट अभावका कारण काम गर्न नसकेको बताएको छ ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बजेट अभावका कारण कार्यक्षेत्र भित्रका कामहरु पनि गर्न नसकिएको बताएकी हुन् ।
अध्यक्ष ओझाले कार्यक्षेत्रका आधारमा सरकारले बजेट छुट्टयाउनुपर्ने भएपनि त्यसो नगरेको गुनासो गरिन् । उनले बजेट अभाव हुनु आयोगको सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गरिन् । उनले बजेट अभावका कारण विज्ञ समूह पनि राख्न नसकेको बताइन् ।
त्यसैगरी थारु आयोगका सचिव कृष्णकान्त उपाध्यायले थारु समुदायका लागि संविधानले दिएको मौलिक हक समेत कार्यान्वयन हुन नसकेको बताए । उनले आयोगले थारु समुदायको हक, हितका निम्ति सरकारलाई गरेको दर्जनौँ सिफारिसहरू पनि कार्यान्वयन नभएको बताए । उनले आयोगमा बजेट रोक्का भएका कारण प्रशासनिक खर्च तथा कार्यालय सञ्चालन गर्न समेत कठिनाइ भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण