प्रदेश
मधेसका मुख्यमन्त्री यादवलाई एमालेले विश्वासको मत दिने
मङ्गलबार, ३० जेठ २०८०, १९ : १०
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रमुख प्रतिपक्ष एमालेले विश्वासको मत दिने भएको छ । मधेस प्रदेश सरकारलाई दिएको समर्थन गत जेठ १ गते फिर्ता लिएपछि मुख्यमन्त्री यादव आज मंगलबार विश्वासको मत लिँदै छन् ।
विश्वासको मत लिन मधेस प्रदेश सभाको बैठक आज आकस्मिक बोलाइएको थियो । एमालेले पुनः मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले बताए ।
‘हामी विश्वासको मत दिन्छौ,’ एमाले संसदीय दलका उपनेता ठाकुरले संसदमा बोल्दै भने, ‘अव केहीबेरमा हुने मतदानमा हामी सरकारलाई समर्थन गर्छौ ।’ मधेस प्रदेशको १०७ सदस्यीय प्रदेश सभामा एमाले २३ सांसदसहित सबैभन्दा ठूलो दलका रुपमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण