प्रदेश
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सिङ्गो सदनले दियो विश्वासको मत
मङ्गलबार, ३० जेठ २०८०, १९ : ३९
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पुनः प्रदेश सभामा सबै दलबाट विश्वासको मत पाएका छन्। मंगलबार प्रदेश सभामा उपस्थित १०३ जना सांसद मध्ये विश्वासको मतको पक्षमा १०३ सांसदले नै मतदान गरेका हुन्। विपक्षमा शून्य मत परेको छ ।
नेकपा एमालेले गठबन्धन भत्किएसँगै जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको एमालेले आज ३० औँ दिनमा प्रतिपक्षमा बस्ने गरी मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्रीले आज आकस्मिक रूपमा प्रदेश सभाको बैठक बोलाएर विश्वासको मत लिँदा सिङ्गो सदनकै मत पाए । मुख्यमन्त्री यादवलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र सांसदले समेत विश्वासको मत दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण