बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘द भ्वाइस अफ नेपाल’ विजेता करणले ल्याए ‘सिमाना’

बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल सिजन ४’का विजेता करण राईको स्वर रहेको नयाँ गीत ‘सिमाना’ सार्वजनिक भएको छ । लीला सेलिङ् माबोको शब्द रहेको गीतमा देवेश राईले संगीत तथा एरेञ्ज रहेको छ ।

गीतकार लीला र श्रीप्रसाद माबो निर्माता रहेको गीतको भिडियो सान थापाले निर्देशन गरेका हुन् । भिडियोमा गायक करण र गायिका नितु पुनको अभिनय देख्न सकिन्छ । 

एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको भिडियोमा करण र नितु दुवै रोमान्टिक अवतारमा देखिएका छन् । गायक किरणले ‘सिमाना’ आफ्ना फ्यानले रुचाउने बताए । भिडियोमा बुद्ध थापाको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया