इप्पानको चुनाव– आफूलाई रोक्ने खेल भएको भन्दै मल्ल पक्ष पुग्यो अदालत
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को चुनाव स्थगन वा विधानअनुसार गर्न भन्दै मल्ल पक्ष अदालत पुगेको छ । इप्पानको चुनावमा अर्को पक्ष हाबी भएको र आफूहरुको पक्षलाई उम्मेदवार बन्नै नदिने खेल भएको भन्दै मल्ल पक्ष उच्च अदालत पाटन पुगेको हो । भोलि जेठ ३२ गते हुने इप्पानको चुनावमा किरण मल्ल र गणेश कार्की गरी दुई वटा प्यानल भिडन्तमा छ । तर, चुनावमा कार्की प्यानलको हालिमुहाली भएको र चुनावको मुखमा अनाधिकृतरुपमा विधान संशोधन गरेको भन्दै मल्ल पक्ष अदालतको ढोका ढक्ढक्याउन पुगेको हो ।
‘मल्ल पक्ष अदालत पुगेको छ । अध्यक्ष पदमा मनोनयन दर्ता गरेर उता अदालतमा मनोनयन दर्ता गर्न नदिएको भन्दै पुगेको छ,’ कार्की प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेद्वा मोहनकुमार डाँगीले रातोपाटीसँग भने, ‘उहाँमा दैद् चरित्र देखियो । यता मनोनयन दर्ता गरेपछि उता मुद्धा पनि दर्ता भएको पाइयो ।’
डाँगीले मल्ल पक्ष अदालत पुगेपनि नियमानुसार अघि बढिरहेको इप्पानको चुनावमा अनेपेक्षित आदेश नआउनेमा आफूहरु ढुक्क रहेको बताए । तर, मल्ल पक्षबाट कार्यकारी सदस्यमा उम्मेदवारी दर्ता गराएका कदम केसी भने कार्की पक्षले मनोमानी गरेकोभन्दै अदालत पुगेको बताए । ‘यसअघि एक कार्यकाल इप्पानको कार्यसमितिमा बसेको व्यवसायी अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिन पाउने विधान व्यवस्था थियो,’ केसीले भने, ‘तर, अहिले एक कार्यकाल पदाधिकारी बनेकाले मात्रै अध्यक्ष पदमा उम्मेद्वारी दिन पाउने व्यवस्था गरिएको छ । यो सरासर गलत हो ।’
केसीले यसअघि भइरहेको जस्तै गरी यसपटक पनि चुनाव हुनुनर्पे आफूहरुको माग रहेको समेत बताए । इप्पानको चुनाव नजिकिँदै गर्दा कार्की पक्षले आफूखुसी विधान संशोधन गरेर एक कार्यकाल पदाधिकारी बनेका व्यवसायी मात्रै अध्यक्ष वा वरिष्ठ उपाध्यक्ष बन्न पाउने व्यवस्था गरेको अर्को पक्षको आरोप छ । विधानअनुसार मल्ल पक्षको उम्मेद्वारी नरहेको भन्दै कार्की पक्षले ६ जनाविरुद्ध दाबी विरोध गरेको छ । कार्की पक्षले मल्ल पक्षबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव पदसहित कूल ६ जनाको उम्मेद्वारीविरुद्ध दाबी विरोध गरेको हो ।
तर, अदालत पुगेको पक्ष भने आफूहरुको चाहना चुनाव स्थगित गर्नतर्फ भन्दा कानूनःत चुनाव गराउनेतर्फ केन्द्रीत रहेको बताउँछ । इप्पानको चुनावमा २५ सदस्यीय कार्यसमिति सदस्य पदमा ३८ जनाको उम्मेदवारी परेको छ । यसमध्ये ५ जना निर्विरोध निर्वाचित बनेका छन् ।
मल्ल पक्षले दिएको रिटमा आजै सुनुवाई भइरहेको छ । मल्ल पक्षका २ जनाको बहस सकिएपछि यतिबेला कार्की पक्षको बहस चलिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण