नेपाल मेडिकल कलेज तोडफोड गर्नेलाई कारबाही गर्न माग
काठमाडौँ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा तोडफोड गर्नुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अभद्र व्यवहार गर्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । गत जेठ २७ गते कलेजमा उपचाररत बिरामीको सर्जरी गरी उपचार हुँदै गर्दा अकस्मात् हाइपोसिक इस्केमिक इन्सोफालोपाथी भई आईसीयूमा उपचार भइरहेको छ । यो घटनालाई लिएर जेठ ३० गते बिरामीका आफन्तहरूले अस्पतालमा तोडफोड गर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई गालीगलौज गरी अभद्र व्यवहार गरिएको संघले जनाएको छ ।
संघका महासचिव डा.सञ्जीव तिवारीले वुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उपचाररत बिरामीको गाम्भीर्यतालाई नबुझी अस्वाभाविक रूपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुर्याई बिरामीहरूको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिनु गैरमानवीय कार्य हो ।’ उपचार प्रक्रियामा चित्त नबुझेको अवस्थामा कानुनी बाटो अवलम्बन गर्ने प्रावधान हुँदा हुँदै पनि अस्पताल नै तोडफोड गर्ने जस्तो आपराधिक गतिविधिमा संलग्न हुनु अत्यन्तै दुःखद कार्य भएको उनको भनाई छ ।
संघले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस प्रकारको अमानवीय घटना घटाई समग्र स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको मनोबललाई नै निरुत्साहित पार्ने कार्यमा संलग्न दोषीमाथि छानबिन गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कानुनी कारबाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकाय समक्ष माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण