बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

एजुकेशन कन्सल्टेन्सी ‘इडिएफ एड्मिसन्स’को शाखा बुटवलमा

बुधबार, ३१ जेठ २०८०, १६ : ५८
बुधबार, ३१ जेठ २०८०

रुपन्देही ।  बुटवलमा अमेरिकन इन्टरनेशनल रिक्रयुटमेन्ट काउन्सिल (एआईआरसी)बाट मान्यता प्राप्त एजुकेशन कन्सल्टेन्सी इडिएफ एड्मिसन्सको शाखा  स्थापना गरिएको छ । 

वैदेशिक अध्ययनको लागि अमेरिका, क्यानडा, अष्ट्रेलिया र युके जान चाहेका विद्यार्थीलाई तयारी कक्षा, परामर्श तथा सहजीकरण गर्नेगरी बुटवलमा शाखा कार्यालय सञ्चालन गरिएको इडिएफ एड्मिसन्स बुटवल शाखाका प्रवन्ध निर्देशक विनोद घिमिरेले बताए । 

इडिएफ एड्मिसन्सले विगत १५ वर्षदेखि काठमाडौँँबाट परामर्श, तयारी कक्षा तथा सहजीकरण गर्दै आएकामा दाेस्राे शाखा बुटवलको मिलनचोकमा सञ्चालन गरिएको हो । शाखा उद्घाटनकाे अवसरमा जानकारी साेमबार आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा इडिएफ एड्मिसन्सले जम्बुरीले तयार गरेको पाठ्यक्रमको आधारमा अंग्रेजी भाषा कक्षा सञ्चालन गर्दै आएको र जुन पाठ्यक्रम विश्वका ४० बढी देशमा अंग्रेजी भाषाका आई.ई.एल.टि.एस., जि.आर.आई., जि–एम.ए.टी., एस.ए.टी., का कक्षा सञ्चालन भईरहेको इडिएफ एड्मिसन्सका सिनियर काउन्सिलर गणेश पाण्डेले जानकारी गराए । 

बुटवल शाखा उद्घाटनकाे अवसरमा ओपनिङ विकमा आईईएलटिस र पिटिई पठनपाठनमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको छ । त्यस्तै विद्यार्थीकाे सहजताका लागि आफ्नै लाईवेरी सञ्चालन गरिएकाे पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप