आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आप्रवासी चढेको डुङ्गा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु

बुधबार, ३१ जेठ २०८०, २० : ५६
बुधबार, ३१ जेठ २०८०

एथेन्स । आप्रवासीहरूले भरिएको डुङ्गा ग्रीसको दक्षिणी तटमा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । धेरै मानिस अझै बेपत्ता छन् । 

अधिकारीहरूका अनुसार डुङ्गामा कम्तीमा चार सय जना सवार थिए । हालसम्म सयभन्दा बढीको उद्धार गरिएको छ भने बाँकीको खोजी कार्य जारी छ । 

तीव्र समुद्री हावाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । ग्रीक कोस्ट गार्डका अनुसार यात्रुहरूले भरिएको यो डुङ्गा मंगलबार एक निगरानी गर्ने विमानले देखेको थियो । 

तर त्यतिबेला यसमा सवार यात्रुहरूले मद्दत लिन अस्वीकार गरेका थिए । यो डुङ्गा लिबियाबाट इटालीतर्फ गइरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप