आप्रवासी चढेको डुङ्गा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु
बुधबार, ३१ जेठ २०८०, २० : ५६
एथेन्स । आप्रवासीहरूले भरिएको डुङ्गा ग्रीसको दक्षिणी तटमा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । धेरै मानिस अझै बेपत्ता छन् ।
अधिकारीहरूका अनुसार डुङ्गामा कम्तीमा चार सय जना सवार थिए । हालसम्म सयभन्दा बढीको उद्धार गरिएको छ भने बाँकीको खोजी कार्य जारी छ ।
तीव्र समुद्री हावाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । ग्रीक कोस्ट गार्डका अनुसार यात्रुहरूले भरिएको यो डुङ्गा मंगलबार एक निगरानी गर्ने विमानले देखेको थियो ।
तर त्यतिबेला यसमा सवार यात्रुहरूले मद्दत लिन अस्वीकार गरेका थिए । यो डुङ्गा लिबियाबाट इटालीतर्फ गइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण