बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा करेन्ट लागेर २ जनाको मृत्यु

बुधबार, ३१ जेठ २०८०, २१ : ०३
बुधबार, ३१ जेठ २०८०

हेटौंडा । मकवानपुरको बकैयामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बुधबार दिउसो करेन्ट लागेर बकैया-८ गोठडाँडाका २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार करेन्ट लागेर स्थानीय ६० वर्षीय खर्क बहादुर थिङ र सोही ठाउँका ५० वर्षीय पूर्ण बहादुर लोको मृत्यु भएको हो ।  

स्थानीय जित बहादुर बम्जनको मकै बारीमा  विद्युतको नाङ्गोतारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ। 

करेन्ट लागेका दुवैको घटनास्थलमै मृत्यु भएको प्रवक्ता कार्कीले बताए । प्रहरी टोलीले शवको मुचुल्का गरिसकेको र शवलाई हेटौंडा अस्पताल ल्याउँदै गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप