मेडिकल कलेजहरूमा र्यागिङ गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले मेडिकल विद्यार्थीहरूमाथि हुने र्यागिङ बन्द गर्न पहल थालेको छ। काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले कुनै पनि विद्यार्थीमाथि हुने र्यागिङ बन्द गर्न पहल थालेको छ।
एक सूचना निकालेर र्यागिङ गरेको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ। कुनै पनि विद्यार्थीमाथि र्यागिङ गरेको भेटिएमा नियमअनुसार कारबाही गर्ने चेतावनी दिएको हो।
होस्टेलहरूमा समेत र्यागिङ नगर्न सचेत गराएको छ। मेडिकल विद्यार्थीहरू सिनियरबाट र्यागिङको सिकार हुने गरेका छन्। सिनियरहरूबाट अनावश्यक यातना तथा तनाव सहन बाध्य हुँदै आएका छन्। सिनियरहरूबाट हुने र्यागिङका कारण जुनियर विद्यार्थी पढ्नमा मन नगर्ने, मानसिक तनावमा जाने गरेका छन्।
मेडिकल कलेजहरूमा सिनियरहरूबाट सिकेर जुनियरहरूले समेत आफूभन्दा जुनियरमाथि र्यागिङ गर्ने सामान्य जस्तै छ। यस्तो खालको अनावश्यक तनाव तथा यातना दिने कार्यलाई रोक्न काठमाडौँ विश्वविद्यालयले कडाइ गर्न लागेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण