सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भारतसँगको सम्झौता जलविद्युतमा 'ब्रेकथ्रू' : ढकाल

बिहीबार, ३२ जेठ २०८०, ११ : ५९
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको बिजुली बेच्न प्रक्रियामा ब्रेकथ्रू भएको बताएका छन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा ब्रेकथ्रू भएको बताएका हुन् । 

आज आयोजित इप्पानको २१ औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै उनले आउने दिनमा ऊर्जा क्षेत्रमा लगानी गर्न र विदेशी लगानी ल्याउने समेत वातावरण बनेको बताए । यस्तै भारत भ्रमणका क्रममा बङ्गलादेश बिजुली बेच्न भारतले दिएको सहमति समेत उत्साहजनक रहेको ढकालले बताए । 

बिजुली खरिद सम्झौता रोकिरहेकोले यसलाई छिट्टै सम्बोधन गर्नु पर्ने र नयाँ आयोजना विकासको ढोका खोल्नुपर्ने समेत उनको भनाई छ । अन्यथा आगामी दिनमा ऊर्जा क्षेत्रमा नेपाल पछाडि पर्ने समेत ढकालले बताए । 

यस्तै अघिल्लो साता सम्पन्न बिमस्टेकको बैठकमा समेत नेपालको ऊर्जा क्षेत्रको चर्चा भएको ढकालले बताए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालबाट १० हजार मेगावाट बिजुली बेच्ने प्रारम्भिक सम्झौता भएको थियो । यस्तै भारतको बाटो हुँदै बाङ्गलादेश बिजुली बेच्न सहमति दिने समेत भारतले उद्गोस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप