प्रदेशसभा सदस्यलाई ९६ करोड बाँड्ने गरी बजेट ल्याउने गृहकार्य गर्दै सुदूरपश्चिम सरकार

धनगढी । संघीय सरकारको सिको गर्दै सुदूरपश्चिम सरकार पनि सांसदहरुलाई अलग्गै योजनासहित बजेट ल्याउने तयारीमा जुटेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदहरुलाई बजेट उपलब्ध गराउने तयारीमा प्रदेश सरकार जुटेको हो । कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदलाई जनही ३ करोड बजेट दिने तयारी गरिएको सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गीता चौधरीले रातोपाटीलाई जानकारी दिइन् ।
उनले भनिन्, ‘कार्यक्रम नराम्रो होइन, निर्वाचन क्षेत्रको विकासको लागि हो । विगतमा पनि यो कार्यक्रमले निरन्तरता पाएको हो । तर निर्वाचनको मुखमा पुगेपछि अघिल्लो सरकारले यो कार्यक्रमलाई निन्तरता नदिएको हो ।’ उनका अनुसार निर्वाचित सांसदलाई ३ करोड दिन लागेको हो । तर यसको औपचारिक निर्णय भने हुन बाँकी रहेको उनको भनाइ थियो । विगतकै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै कार्यविधि अनुसार कार्यक्रम सञ्चालन गरिने सो कार्यक्रममा समानुपातिक सांसदहरुलाई पनि समेट्ने प्रयास गरिने जनाइएको छ ।
सम्बन्धित निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक सांसद निर्वाचित भएको अवस्थामा प्रत्यक्ष निर्वाचित सांसदलाई सो कार्यक्रमको ६० र समानुपातिक सांसदलाई ४० प्रतिशत बजेट दिइने बताइएको छ । तर समानुपातिक सांसद नरहेको निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदकै मातहतमा बजेट खर्च हुनेछ । सत्तारुढ दल नेकपा माओवादीका सांसद अक्कल रावलले पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमसहित बजेट ल्याउने तयारी गरिएको पुष्टि गरे ।
उनले भने, ‘संघीय सरकारले पनि कार्यक्रम ल्याइसकेपछि यहाँ पनि त्यसको प्रभाव पर्छ नै । जसका लागि सरकारलाई दबाब तीव्र रहेको बुझिएको छ । तर बजेट सार्वजनिक भइसकेपछि मात्रै यकिन होला ।’ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु भने यो कार्यक्रम आए विरोधमा उत्रिने संकेत गरेका छन् ।
नेकपा एमालेका सांसद धर्मराज पाठकले सांसदलाई नै पैसा बाँड्ने कार्यक्रम कुनै हालतमा राम्रो नहुने बताए । सांसदको काम पैसा बाँड्ने भन्दा कानुन निर्माण रहेको बताउँदै उनले विकास निर्माण कार्यक्रमको जिम्मा स्थानीय तहलाई दिनुपर्ने उनको जोड थियो ।
सुदूरपश्चिममा १६ वटा प्रतिनिधिसभा, ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जस अनुसार ३२ निर्वाचन क्षेत्र अर्थात् ३२ सांसदलाई ३ करोडको दरले ९६ करोड बाँड्ने तयारी भएको हो । असार १ गते बजेट प्रस्तुत गर्नु पर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकार बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न