बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

१६ वर्षदेखि एक्लै बसिरहेको गोहीले अण्डा पार्‍यो, ‘भर्जिन बर्थ’ देखेर वैज्ञानिक चकित

बिहीबार, ३२ जेठ २०८०, १५ : ०८
बिहीबार, ३२ जेठ २०८०

भालेसँग सम्बन्ध नबनाईकनै  पोथी गोही गर्भवती हुनसक्छ र अण्डासमेत पार्न सक्छ भन्ने कुराको पहिलो प्रमाण भेटिएको छ । कुरा सन् २०१८ को हो तर अनुसन्धान अहिलेसम्म चलिरहेको छ । अब वैज्ञानिकले पोथी गोहीमा पनि यस्तो क्षमता हुनसक्छ भनेर खुलासा गरेका छन् ।

सन् २०१८ मा एक चिडियाघरमा १६ वर्षदेखि एक्लै बसिरहेको अमेरिकी पोथी गोहीले केही अण्डा दिए । जसमध्ये एउटा अण्डामा पोथी गोही थियो । अमेरिकी वैज्ञानिक यो घटना देखेर चकित परे । उनीहरुले यो पूरा प्रक्रियाको जेनेटिक स्टडी गर्न चाहे ।

जर्नल बायोलोजी लेटर्स नामको जर्नलमा प्रकाशित एक शोधका अनुसार जेनेटिक स्टडीबाट के पत्ता लाग्यो भने गोहीमा भर्जिन बर्थको क्षमता हुन्छ । यसलाई फ्याकल्टेटिभ पार्थेनोजेनेसिस भनिन्छ । अर्थात्, गर्भधारणको यस्तो प्रक्रिया जसमा पोथीलाई भालेको आवश्यकता पर्दैन । यदि यो प्रक्रियाको क्षमता मानिसमा विकसित भयो भने के होला, सोच्नुहोस् त ?

अचम्मको कुरा के थियो भने सबै अण्डाबाट बच्चा निस्किएनन् तर यो प्रक्रिया कति पुरानो थियो भनेर वैज्ञानिक थाहा पाउन चाहन्थे । कति वर्षदेखि गोही वा यिनीहरूका पुर्खा अथवा डाइनासोरले यसरी बच्चा जन्माइरहेका थिए भनेर थाहा पाउन वैज्ञानिक उत्सुक थिए । यो गर्भधारणको कुनै प्राचीन प्राकृतिक रणनीति हो त भनेर वैज्ञानिक प्रश्न उठाइरहेका थिए ।  

अब भर्जिन बर्थमा गोहीको नाम पनि सुचीकृत भएको छ । यो प्रक्रिया डाइनासोरमा पनि हुन सक्थ्यो भनेर धेरैले अनुमान गरेका छन् । गोही र पक्षी वास्तवमा आर्चोसर्स परिवारका हुन् । अर्थात् यसमा उड्ने डाइनासोर पनि पर्थे । जो उडे ती पक्षी बने, जो उडेनन् गोही बनेर बने ।

भर्जिनिया टेकका इभोल्युसनरी बायोलोजिस्ट वारेन बुथले यो अनुसन्धानको खोज चकित पार्ने खालको बताए । यसमा आफूहरूलाई प्राचीन डाइनासोर अर्थात् आर्चोसर्सको वर्तमान पीढीको प्रजनन प्रणालीबारे पत्ता लाग्ने बताए । पार्थेनोजेनेसिस त्यो प्रक्रिया हो जसमा पोथी एक्लैले बच्चा जन्माउन सक्छ । यसलाई गर्भधारणका लागि भालेको वीर्यको आवश्यकता पर्दैन ।

पार्थोनोजेनेसिसमा के पनि हुन्छ भने पोथी सरीसृपले भालेको वीर्यलाई थुप्रै वर्षसम्म आफ्नो शरीरमा जम्मा गरेर राख्न सक्छन् । त्यसबाट पनि यसले गर्भधारण गर्न सक्छ । यसका साथै पोथी गोहीले आफ्नै दुई कोशिकालाई मिलाएर सम्भावित भ्रूणको निर्माण पनि गर्न सक्छ ।

बोटबिरुवा र मेरुदण्ड नभएका जीवमा यो प्रक्रिया सामान्य हो । मेरुदण्ड हुने ८० प्रजातिमा पनि यो क्षमता पाइन्छ – जस्तै माछा, छेपारो र सर्प, शार्क आदि । तर यो त्यति बेला मात्रै सम्भव हुन्छ जब पोथीलाई कतै बाँधेर राखिन्छ वा चिडियाखानामा एक्लै छोडिन्छ, जहाँ भालेसँग यसको सम्पर्क हुन पाउँदैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप