कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरिँदै

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रूपमा विस्तार गर्ने प्रयासहरू भइरहेका छन् । अहिले ३ सय शय्यासहितको अस्पताल अब हेलिप्याडसहितको पाँच सय शय्यामा रूपान्तरण हुने भएको छ ।
हाल सेवा प्रवाह भइरहेकै भवनमाथि हेलिप्याडसहित पाँच सय शय्याको अस्पताल निर्माण गरिने अस्पताल स्रोतले जनाएको छ । त्यसका लागि १ अर्ब २ करोड ४२ लाख ७४ हजारको सम्झौता भइसकेको अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्काले बताए ।
निर्माणको जिम्मा गौरा श्याम सुन्दर जेभी काठमाडौँले लिएको छ । कम्पनीले ०८२ मंसिर मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ । बिरामीको चाप बढेपछि शिक्षण अस्पतालसहितको सुविधा रहने गरि तला थप गर्न लागिएको खड्काले बताए ।
साथै उनले मेडिकल कलेजका लागि अहिले नै मापदण्ड पुरा गरिसकिएको पनि बताए । ‘तला थप भएमा भिआइपी उपचार कक्ष, डिलक्स, क्याबिन कक्ष लगायतका सुविधाहरू थप हुनेछन्,’ उनले भने,‘ अत्यावश्यक उपचार कक्ष एउटै भवनमा रहने र त्यसैको माथि हेलिप्याड निर्माण गरिने छ ।’
शिक्षण अस्पताल भएपछि विद्यार्थीहरूलाई अध्ययन गराउने कोठा र बस्ने व्यवस्थापनसहितको सुविधा पनि नयाँ भवनमा थप हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन कविता : 'झोला','भोला'र 'झोले'
-
सत्तापक्ष र प्रतिपक्ष दलबिच भएकाे छलफल निष्कर्षविहीन
-
विद्वान गुरुङले अधिवेशन गर्न सक्दैनन् भन्दै तरुण दलद्वारा मोटरसाइकल र्याली
-
पत्रकार हुँ भनी कर्मचारीलाई धम्काएर रकम असुल्ने नासुसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
कृषि क्षेत्रको विकासका लागि एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्नुपर्छ : सांसद शाक्य
-
आर्सनलमै रहने भए ब्राजिलियन डिफेन्डर ग्याब्रियल