सेन्सर बोर्ड भन्छ, ‘हामीले विवादित संवाद काटिसकेका छौँ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बलिउड चलचित्र ‘आदिपुरुष’ मा रहेको संवाद नहटाएसम्म काठमाडौँमा कुनै पनि हिन्दी चलचित्र चलाउन नदिने बताएपछि ठुलो तरङ्ग सिर्जना भएको छ । शाहले ‘आदिपुरुष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद रहेको र त्यसलाई नहटाएसम्म महानगरभित्र हिन्दी चलचित्र नै चल्न नदिने घोषणा गरेका हुन् ।
तर, सेन्सर बोर्डले भने उक्त संवाद काटेर मात्र चलचित्र रिलिज गर्ने अनुमति दिएको स्पष्ट पारको छ । सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले उक्त संवाद काटेर रिलिज अनुमति दिएको जानकारी दिए । उनका अनुसार बुधबार साँझ चलचित्रको सेन्सर भएको थियो ।
के हो विवाद ?
आठ दिन अघि टी–सिरिजको आधिकारिक युट्युब च्यानलमा चलचित्रको अन्तिम ट्रेलर रिलिज गरिएको थियो । उक्त ट्रेलरमा रामको भूमिकामा रहेका प्रभासले आफ्नो वानर सेनालाई रावणसँगको युद्धका लागि प्रेरित गर्दै भनेका छन्, ‘आज मेरो लागि नलड्नु, त्यो दिनको लागि लड्नु जब भारतको कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिले दुराचारी तिम्रो पौरुष याद गरेर काँप्नेछन् । लड्छौ ?’
के भनेका छन् बालेनले ?
उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’
मेयर साहले उक्त शब्द सच्याउन ३ दिनको समय दिएका छन् । उक्त फिल्म शुक्रबारबाट नेपालमा प्रदर्शनमा आउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण