प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहिबार र शुक्रवार भएको सनुवाईपछि कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय भएको हो । कार्कीलाई सर्वसम्मतले प्रधानन्यायाधीशका लागि अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।
बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्यकालको कार्ययोजना प्रस्तुत गरेका थिए भने भने शुक्रवार सांसदहरूको प्रश्नको सामना गरेका थिए । उनले आफ्नो कार्यकालमा सर्वोच्चलाई भष्टाचारमुक्त बनाउने, बिचौलिया नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा सांसदहरूले उनलाई व्यक्तिको जग्गा हडपेको, घुस खाएको, पुराना मुद्दाको बेवास्ता गरी २ महिनाअघि आएका मुद्दालाई अघि बढाएको, सर्वोच्चको भवन निर्माणमा आर्थिक चलखेल गरेको जस्ता आरोप लगाएका थिए । कार्कीले आफूमाथिको आरोप तथ्यहीन रहेको बताउँदै आरोप पुष्टि भएमा जुनसुकै बेला राजीनामा दिने बताए ।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण