आदिपुरुषबारे बालेनले बोलेर सही गर्नुभयो : असिम शाह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बारे सदनमा कुरा उठाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादबारे काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहको अभिव्यक्तिपछि अन्यौलता छाएको बताए ।
‘जुन संवादले विवाद सिर्जना भयो त्यसमा भारतीय निर्माण पक्षले हिजो विवादित संवाद काटेर पठायो र अहिले पास पनि भयो प्रदर्शनको लागि नेपालमा तर काठमाडौँका मेयर बालेन शाहले भारतमा पनि उक्त संवाद नहटाएसम्म कुनै पनि हिन्दी फिल्म चलन नदिने भने पछि अन्योल छाएको छ।’ भारतले हाम्रो स्वभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरिरहेकोबारे बोल्नुपर्ने सांसद शाहको भनाइ छ ।
‘चलचित्र आदिपुरुषको कुरा मात्र होइन, यथार्थमा पनि कहिले बुद्ध उताको भनेको छ, कहिले सीता उताको भनेको छ । कहिले कालापानी, लिम्पियाधुरा हाम्रो हो भनेको छ, कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ,’ उनले भने, ‘हाम्रो इतिहासमाथि छिमेकबाट यस्तो भइरहदा हामीले भन्न सक्नुपर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर, हाम्रो स्वभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर ।’
सरकारले सास दबाएर बसेपछि बालेनले बोलेर सही गरेको उनको भनाइ छ । यस विषयलाई परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले गम्भीर रुपमा लिनुपर्ने सांसद साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण