बागमतीको बजेट मन्त्रिपरिषदबाट स्वीकृत
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । शुक्रबार दिउँसो १ः३० बजे बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले बजेटलाई प्रदेशसभा बैठकमा पेश गर्न स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६० अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार विकास, शिक्षा स्वास्थ्य, कृषि र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।
आर्थिक संकटका कारण चालु आर्थिक वर्षको तुलनामा बजेटका आकार खुम्चिएको र सोही अनुसार चालु खर्चलाई कम गरी कार्यान्वयन गर्न सकिने प्रकृतिको बजेट आउने उनले बताए ।
सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोष अन्तर्गत प्रत्यक्ष तर्फका सांसदलाई ५ र समानुपातिक सांसदलाई ३ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सरकारले विगतको भन्दा फरक शैलीमा सो कोष कार्यान्वयन गर्ने तयारी गरेको छ । सांसदले बजेट तर्जुमाका क्रममा हालेका योजनाहरूबाट आवश्यकताका आधारमा छनौट गरी प्रत्यक्ष तर्फका सांसदको ५ करोड रुपैयाँ बराबरको योजना र समानुपातिक तर्फका सांसदको ३ करोड रुपैयाँ बराबरका योजना सो कोष अन्तर्गत रहेर कार्यान्वयन गर्ने गरी बजेटमा समावेश गरेको स्रोत बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण