बागमती प्रदेश : श्रम मन्त्रालयका लागि ७७ करोड ६ लाख रुपैयाँ विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा श्रम रोजगार तथा यातायात मन्त्रालयका लागि ७७ करोड ६ लाख रुपैयाँ विनियोजन रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा श्रम रोजगार तथा यातायात मन्त्रालयका अन्तर्गत विभिन्न कार्यक्रम अन्तर्गत ७७ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
सरकारले यातायात व्यवस्था कार्यालयलाई डिजिटलाइजेशन गर्ने, प्रदेशका विभिन्न स्थानमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण, प्रदेशमा नै सवारी चालक अनुमति पत्र छपाइको काम अघि बढाउने र सो कार्यका लागि छपाई मेसिन खरिद गर्न बजेट विनियोजन गरिएको उनले बताए ।
आगामी आर्थिक वर्षमा श्रम ऐन जारी गरी कार्यान्वयन गर्ने मन्त्री लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण