दुग्ध विकास बोर्ड खारेजी विरुद्ध ५ सङ्गठन आन्दोलित
काठमाडौँ । दुग्ध विकास बोर्ड खारेजीमा परेसँगै सरोकारवाला सङ्घ सङ्गठन सरकारविरुद्ध आन्दोलित भएका छन् । बोर्ड खारेजीको निर्णयले दुग्ध व्यवसाय र किसानहरू माथि नै प्रहार भएको भन्दै दुग्ध व्यवसायसँग सम्बन्धित ५ वटा सङ्घ सङ्गठनले विरोध जनाएका छन् ।
केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी सङ्घ, डेरी उद्योग सङ्घ र नेपाल डेरी साइन्स एसोसिएसनले संयुक्त रूपमा शुक्रवार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिलाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब बोर्ड खारेजीको निर्णय सच्याउन आग्रह गरेका छन् ।
सरकारको यस खालको निर्णयले नेपालको अर्थतन्त्रमा करिब ६ प्रतिशत योगदान रहेको दुग्ध तथा कृषि क्षेत्रको व्यवसाय धराशायी हुने व्यवसायीहरूको भनाइ छ ।
उनीहरूका अनुसार हाल करिब ४ हजार सहकारी संस्थाद्वारा दूध सङ्कलन र ६०० दुग्ध उद्योगहरुमार्फत दूध प्रशोधन कार्य भइरहेको छ । यस्तै दुग्ध उत्पादनको क्षेत्रमा निजी क्षेत्रको करिब ४० अर्ब रुपैयाँ लगानी रहेको छ ।
यसै व्यवसायमार्फत शहरबाट गाउँमा औपचारिक रूपमै दैनिक ६ करोड भन्दा बढी रकम प्रवाह हुने गरेको समेत व्यवसायीहरूको भनाइ छ । साथै नेपालबाट छुर्पी, घ्यू लगायत अन्य दुग्ध पदार्थ निर्यात गरी दुग्ध व्यापार नाफामा रहेको समेत उनीहरूको भनाइ छ ।
व्यवसायीहरूले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई समेत ध्यानाकर्षण पत्र बुझाइसकेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण