बागमती प्रदेश : कृषि मन्त्रालयका लागि ३ अर्ब ३८ करोड रुपैयाँ विनियोजन
शुक्रबार, ०१ असार २०८०, १५ : ४८
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ३ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत विभिन्न कार्यक्रम अन्तर्गत ३ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा किसान परिचय पत्र वितरण, एक स्थानीय तह एक पशुसेवा केन्द्र स्थापना, एक निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना, काठमाडौँमा एक आधुनिक कृषि बजार स्थापना जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण