नेपाल बारको सदस्यता सहज बनाउन ज्ञापनपत्र
काठमाडौँ । विभिन्न ३५ जना कानुन व्यवसायीहरुले नेपाल बार एसोसिएसनको सदस्यता प्राप्त सहज बनाउन माग गर्दै बारका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।
आइतबार यज्ञमणी न्यौपानेसहितिका कानुन व्यवसायीहरुले बार अध्यक्ष गोपालकृष्ण घिमिरेलाई भेटेर ३ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
काुनन व्यवसायीहरुले नेपाल बार र न्यायालय भित्र राजनीति नगर्ने परिपार्टी संस्थागत गर्न पनि माग गरेका छन् । नवोदित कानुन व्यवसायीले सदस्यता प्राप्त गर्दा नै राजनीतिक आस्था देखाउनु पर्ने हो भने बार र बेन्चमा राजनीति गर्ने कार्य कहिल्यैपनि समाप्त नहुने भन्दै ज्ञापनपत्रमा भनिएको छ । त्यस्तै कानुन व्यवसायीको प्रमाणपत्र प्राप्त गरिसके पश्चात् लाग्ने दस्तुर र आवश्यक कागजात सहित आफ्नो अनुकुलको कुनैपनि बारमा सदस्यताका लागी निवेदन गर्दा तुरुन्त सदस्यता प्रदान गरी सदस्यता ग्रहण गर्नु गराउनु, राजनीतिक विचार, राजनीतिक आस्था तथा घोषित अघोषित सिफारिस हुनुपर्ने प्रचलनलाई आजकै मितिबाट समाप्त गर्न पनि उनीहरुको माग छ ।
‘योग्यता पुगेका जुनसुकै कानुन व्यवसायीलाई तत्काल बारको सदस्यता प्रदान गर्नु भनी निर्णय गरी सो को जानकारी ७७ वटै जिल्ला बार ७ वटै उच्च बार र सो का इजलासहरुमा रहेका बारहरु तथा सर्वोच्च बार एशोशिएसन समेतलाई निर्देशन सहितको निर्णय गरी पत्राचार गरी सो को जानकारी समेत पाउँ’, बार अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण