शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राजु मास्टर र बल्छी ध्रुवे पक्राउ प्रकरण : अब के हुन्छ चर्चित सिरियल ‘जुठे’ र ‘हल्का रमाइलो’ ?

शुक्रबार, ०१ असार २०८०, १६ : ११
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ ।  कलाकार राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) लाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली बिहीबार पक्राउ गरेको छ । बेटिङलाई प्रमोसन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र युट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई अदालतबाट ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति समेत लिइसकेको छ । उनीहरू अझै केही दिन प्रहरीको हिरासतमा रहनेछन् ।  पौडेल र श्रेष्ठको अभिनय, निर्देशन रहने दुई हास्य शृङ्खलामध्ये ‘जुठे’ हिमालय टेलिभिजनबाट र ‘हल्का रमाइलो’ नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । निर्देशक दुबै पक्राउ परेपछि के हुन्छ सिरियलको प्रसारण ? सबैको चासोको विषय हो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले ‘हल्का रमाइलो’ एजेन्सी मार्फत आएकोले नयाँ भाग स्टक भए नियमित प्रसारण हुने र नत्र रोकिने बताए । ‘हल्का रमाइलो’ हामीले एजेन्सी मार्फत किनका हौँ । त्यो प्रसारण हुन्छ हुँदैन एजेन्सीमा भर पर्छ’ बलले थपे । त्यस्तै ‘जुठे’ नरोकिने हिमालय टेलिभिजनले बताएको छ । हाम्रो सिरियल मार्फत बेटिङलाई प्रमोसन भएको होइन । त्यसैले सिरियलको प्रसारण रोकिँदैन । स्टक भाग भए प्रसारण हुने र नभए रोकिने टेलिभिजनको भनाई छ । 

‘जुठे’ ले ग्रामीण नेपाली समाजको जातीय विभेदविरुद्ध समानता, सहिष्णुताको कथा प्रस्तुत गर्दै आएको छ । राजु मास्टरको रूपमा चर्चित राजु पौडेल र बल्छी ध्रुवेका रूपमा चर्चित मरिचमान श्रेष्ठले संयुक्त रूपमा सिरियल निर्देशन गर्दै आएका छन् । बल्छी ध्रुवे र राजु मास्टरसहित रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, श्रीप्रसाद थापा, राजु कार्की, उज्ज्वल खड्का, युनिशा ढुंगाना, स्वनिका बास्तोला, रुकमिला अधिकारी अनामिका लामिछाने लगायतको शीर्ष भूमिका सिरियलमा छ । यो ‘जुठे’ मास्टर टिभी युट्युब च्यानल र हिमालय टेलिभिजनमा बिहीबार राति ९ बजे प्रसारण हुँदै आएको छ । 

त्यस्तै ‘हल्का रमाइलो’ पनि मरिचमान श्रेष्ठ र राजु पौडेलको निर्देशनमा तयार हुँदै आएको छ । नेपाल टेलिभिजनबाट आइतबार बेलुकी ९ बजे प्रसारण हुँदै आएको यो सिरियलमा पौडेल र श्रेष्ठको अलवा सुलेमान शंकर ‘इकु’ लगायतका कलाकार देखिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप