पुटिनले बेलारुसमा पठाए आणविक हतियार
मस्को । रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुगेको छ। अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा पहिलो पटक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका थिए ।
मस्कोले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दूरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भने, ‘मेरो अमेरिकासँग लड्ने योजना छैन, रणनीतिक हतियार मात्र हाम्रो लागि ठीक छ।’ इस्कान्डर रकेटको दायरा ५०० किलोमिटर वा सोभन्दा बढी रहेको उनले बताए ।
लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा रहेका छन्। फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणको लागि बेलारुसले रुसका लागि लन्चप्याडको भूमिका खेलेको थियो।
रुसले आफ्नो पश्चिमको कालिनिनग्राद क्षेत्रमा आणविक हतियारहरू तैनाथ गरिरहेको छ । यसको दायरामा पोल्याण्ड र बाल्टिक देशहरू आउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण