पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्छ : मन्त्री किराती
ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आयोजना गरेको ‘ललितपुर पत्रकारिता’ विमोचन कार्यक्रममा मन्त्री किरातीले देशको महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले जहाजको खरिद गर्नुपर्ने आवश्यकता भएको बताए । “नयाँ जहाज किन्ने तयारी भइरहेको छ । घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौँ”, उनले भने ।
जहाज उडानका लागि विभिन्न नयाँ रुटका विषयमा कुराकानी भइरहेको मन्त्री किरातीले बताए । “कनेक्सन फ्लाइटबाट विदेशबाट आउनेलाई सिधै गन्तव्यमा जाने व्यवस्था गर्न लागेका छौँ”, उनले भने ।
सञ्चारकर्मीले असत्य कुरा मात्र प्रचारप्रसारमा बढी ध्यान दिएको उल्लेख गर्दै मन्त्री किरातीले त्यसतर्फ सचेत हुन सबैमा आग्रह गरे । आफूले गरेको कामका बारेमा गलत प्रचार भइरहेको उनले गुनासो गरे । पत्रकारिता क्षेत्रलाई थप मजबुद बनाउन आफ्नो क्षेत्रबाट तदारुकताका साथ लाग्ने मन्त्री किरातीले प्रतिबद्धता व्यक्त गरे । पत्रकारिता क्षेत्रमा विभिन्न समस्या देखिएकाले त्यसलाई सुधार गर्न आवश्यक भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण