आदिपुरुष ढिलो प्रदर्शन हुँदा सिनेमा हलमा तोडफोड
हैंदाराबाद । अभिनेता प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ शुक्रबारबाट विश्वव्यापी रिलिज भएको छ । कृति सेनन, सैफ अली खान र सनी सिंहको समेत प्रमुख भूमिका रहेको फिल्म रिलिजसँगै विवाद र चर्चामा तानिएको छ । भारतका केही स्थानमा भने फिल्म हेर्न गएका दर्शकले थिएटर तोडफोड गरेका छन् । तेलंगना राज्यमा यस्तै घटना भएको छ । फिल्म हेर्न गएका दर्शकले फिल्म ढिलो रिलिज गरेको भन्दै त्यहाँको हल तोडफोड गरेका छन् ।
दर्शकले तेलांगनाको सांगारेडी सहरमा रहेको ज्योति सिनेमा तोडफोड गरेका हुन् । तोडफोड गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा केहीले ‘जय श्री राम’ भनिरहेका छन् भने केहीले थिएटरको सिसामा ढुंगा प्रहार गरेका छन् ।
थिएटर साउण्ड सिस्टममा खराबी भएको भन्दै फिल्म ४० मिनेट ढिलो रिलिज गरेको थियो । जसकारण दर्शक आक्रोशित भएका थिए । यो घटनापछि प्रहरीमा उजुरी परेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । फिल्ममा ओम राउतको निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण