अभिनेत्री अमिषा पटेलद्वारा अदालतमा आत्मसमर्पण
राँची । अभिनेत्री अमिषा पटेलले राँची सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन् । उनीमाथि चेक बाउन्स, ठगी र धम्कीको मुद्दा चलिरहेको छ ।
जानकारीका अनुसार यसअघि उनी नआउने भनिएपनि राँची आएपछि उनले सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन् । उनले राँची सिभिल अदालतको सिभिल न्यायाधीश वरिष्ठ डिभिजन डिएन शुक्लाको अदालतमा आत्मसमर्पण गरेकी हुन्। उनलाई अदालतले १०/१० हजारको दुई वटा धरौटीमा रिहा गरेको छ ।
अप्रिल महिनामा भएको सुनुवाइका क्रममा उनलाई अदालतमा उपस्थित हुन भनिएको थियो तर उनी हाजिर भएनन् । त्यसपछि राँची सिभिल कोर्टबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
झारखण्ड रांचीका फिल्म निर्माता अजय कुमार सिंहले अमिषा पटेलविरुद्ध सन् २०१८ मा मुद्दा दायर गरेका थिए । उनले अमिषा पटेल र उनका व्यवसायिक साझेदार कुणालले उनलाई ठगी गरेको बताएका थिए । सिंहले अमिषा पटेल विरुद्ध चेक बाउन्स, ठगी र धम्की दिएको आरोप लगाएका छन् ।
राँचीका सिंहले १७ नोभेम्बर २०१८ मा राँची सीजेएम अदालतमा यो मुद्दा दायर गरेका थिए। जसमा अमिषा पटेलले म्युजिक मेकिङको नाममा उनीसँग २.५ करोड रुपैयाँ लिएको तर पैसा लिएर पनि उनले संगीत निर्माणमा कुनै कदम नचालेको भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण