चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछ : उपराष्ट्रपति
त्रिवेणी । उपराष्ट्रपति रामसहायप्रसाद यादवले चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताएका छन् । नवलपरासी पूर्वको कावासोतीमा वृक्षरोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले अत्यन्तै संवेदनशील पर्यावरणीय एवं वातावरणीय अवस्था रहेको चुरे क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गर्नुपर्ने बताए ।
उनले चुरेको विनाशले पानीको स्रोतमा कमी हुँदा तराई–मधेस सुक्खा र मरुभूमिकरणमा परिणत हुनसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताए । उनले भने, “तराई–मधेसमा पानीको स्रोत मानिने चुरे, भावर र तराई मधेस परस्पर अन्योयाश्रित छ । यसको विनाशले पानीको स्रोतमा कमी हुँदा नेपालको अन्न भण्डारको रूपमा रहेको मधेस सुक्खा र मरभूमिकरणमा परिणत हुनसक्छ ।”
जलवायु परिवर्तन र प्राकृतिक स्रोतको विनाशले चुरे क्षेत्रको संरक्षणमा चुनौती थपिएको भन्दै उपराष्ट्रपति यादवले यसको संरक्षणमा लाग्नुपर्ने बताए । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको आयोजना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय हात्तीखोरको समन्वयमा नवौँ चुरे संरक्षण दिवसका अवसरमा आज कावासोतीमा वृक्षरोपण गरिएको हो ।
कावासोती नगरपालिका–६ स्थित विष्णुनगर सामुदायिक वनको आठ हेक्टर क्षेत्रफलमा १० हजार बिरुवा रोप्ने योजना रहेको वन तथा पर्यावरण सुरक्षा निर्देशनालय हात्तीखोरका प्रमुख सेनानी दीपेन्द्र बोगटीले बताए । आज वृक्षरोपणको उद्घाटन गरिएको मौसमको अनुकूलता हेरी चाँडै यस क्षेत्रमा १० हजार बिरुवा लगाइने उहाँले बताउनुभयो । विभिन्न प्रजातिका फलफूलसहितका बिरुवा रोपिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण