हालान्डको गोल तर नर्वे स्तब्ध

ओस्लो । खेलको अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गर्दै स्कटल्याण्डले नर्वेविरुद्ध उत्कृष्ट पुनरागमन गर्न सफल भएको छ । २–१ को जीत हासिल गर्दै स्कटल्याण्डले युरो २०२४ छनोटमा आफ्नो शत प्रतिशत विजय यात्रा कायमै राखेको हो ।
म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले ६१ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । यो सिजन उनको यो ५३ औँ गोल थियो । टोली जीततर्फ अघि बढिरहँदा खेलको ८७ औँ मिनेटमा लिन्डन डाइक्सले नर्वेको गल्तीको फाइदा उठाउँदै बराबरी गोल गरे ।
त्यसको दुई मिनेटपछि सब्सिटच्युट केनी म्याकलिनले अर्को गोल गर्दै स्कटल्याण्को पुनरागमन पुरा गरे । समूह ए मा स्कटल्याण्ड ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । नर्वे मात्र १ अंक बटुल्दै चौथो स्थानमा सीमित छ । स्पेन ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । यद्यपि, टोलीले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार