हालान्डको गोल तर नर्वे स्तब्ध
ओस्लो । खेलको अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गर्दै स्कटल्याण्डले नर्वेविरुद्ध उत्कृष्ट पुनरागमन गर्न सफल भएको छ । २–१ को जीत हासिल गर्दै स्कटल्याण्डले युरो २०२४ छनोटमा आफ्नो शत प्रतिशत विजय यात्रा कायमै राखेको हो ।
म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले ६१ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । यो सिजन उनको यो ५३ औँ गोल थियो । टोली जीततर्फ अघि बढिरहँदा खेलको ८७ औँ मिनेटमा लिन्डन डाइक्सले नर्वेको गल्तीको फाइदा उठाउँदै बराबरी गोल गरे ।
त्यसको दुई मिनेटपछि सब्सिटच्युट केनी म्याकलिनले अर्को गोल गर्दै स्कटल्याण्को पुनरागमन पुरा गरे । समूह ए मा स्कटल्याण्ड ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । नर्वे मात्र १ अंक बटुल्दै चौथो स्थानमा सीमित छ । स्पेन ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । यद्यपि, टोलीले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण