मिर्चैया वितरण केन्द्रद्वारा विपन्न घर–परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण
सिराहा । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख मुनेन्द्रप्रसाद ठाकुरले सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। प्राधिकरणको सिराहास्थित मिर्चैया वितरण केन्द्रले आइतबारबाट सुरु गरेको ‘विपन्न घर–परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण’ कार्यक्रमलाई सम्वोधन गर्दै सेवाग्राहीलाई कुनै पनि प्रकारको दुख दिने, अल्झाउने, फर्काउने खालका व्यवहार नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका हुन्।
उनले सेवाग्राहीलाई अनावश्यक रूपमा दुः ख दिने, अल्झाउने, फकाउने गरेको प्रमाणसहित उजुरी गरे त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्ने बताए । उनले भने– ‘कार्यालयबाट फर्कने सेवाग्राही फर्कँदा खुसी खुसी फर्कने गरी काम गर्नुहोस्। गुणस्तरीय सेवा दिनु हाम्रो दायित्व हो।’
प्रादेशिक कार्यालयका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि ठाकुरले नेपाल सरकार र प्राधिकरणको सामाजिक दायित्वअन्तर्गत मिर्चैया वितरण केन्द्रले निःशुल्क मिटर वितरण कार्य सुरु गरेको बताए। उनले सरकार र प्राधिकरणको दायित्व अन्तर्गत मिटर वितरण प्रक्रिया सुरु भएको बताउँदै यसलाई पनि पारदर्शी र प्रभावकारी बनाउन सुझाव दिए।
उनले मधेस प्रदेशका सबै बस्तीहरूका विद्युतीकरण भइसके पनि कतिपय गरिब तथा विपन्न घरपरिवार विद्युत् मिटर लिन नसक्ने अवस्थाका रहेकोले प्राधिकरणले वितरण प्रक्रिया थालेको बताए।
सोही क्रममा उनले १८ घण्टा लामो लोडसेडिङको अन्त्य गर्न प्राधिकरण सफल भएको जनाउँदै अबको दिनमा प्रभावकारी सेवा प्रवाह गर्ने प्राधिकरणको दायित्व रहेको बताए।
प्राधिकरणले स्थानीय तहको साझेदारीमा सबै किसानको खेतैमा पुग्ने गरी विद्युतीकरण गर्ने जनाए। उनले भने, ‘प्राधिकरणले स्थानीय सरकार र प्राधिकरणको ५०–५० प्रतिशतमा कृषि विद्युतीकरणको योजना पनि ल्याएको छ। हामीले स्थानीय तहहरूसँग समन्वय पनि गरिरहेका छौँ।’
कार्यक्रममा मिर्चैया वितरण केन्द्रका प्रमुख मनोजकुमार शर्माले विद्युत् मिटर जडान गर्न नसक्ने विपन्न परिवारलाई प्राधिकरणले सामाजिक दायित्व अन्तर्गत निःशुल्क मिटर प्रदान कार्य आजबाट सुरु भएको बताए। आजबाट सुरु भएको वितरण कार्य असार मसान्तसम्म चल्ने प्रमुख शर्माले जानकारी दिए।
वितरण केन्द्रका सेवा क्षेत्रभित्र पाँचसय ग्राहलाई निःशुल्क विद्युत् मिटर र एमसीवी दिने कार्यक्रम रहेको जनाए। वडाहरूले दिएको विपन्न सिफारिसको आधारमा मिटर दिने उनको भनाई थियो।
तर, आफ्नो नाममा जमिन नभएकाहरूले भने एक हजार रुपैयाँ धरौटी राख्नुपर्ने बताए। उनले भने, ‘जमिन आफ्नै नाममा भएकाहरूले लालपुर्जाको फोटो कपी र वडाको सिफारिस ल्याउँदा हुने र लालपुर्जा नभएकाहरूले वडाको सिफारिसमा निःशुल्क मिटर जडान गरिदिने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले भन्यो– नेपालमा हान्टा भाइरसको जोखिम छैन
-
घानाको डिफेन्स तोड्न डियाजकै जादु पर्खिँदै
-
पराग्वेसँगको पराजयपछि जर्मन प्रशिक्षक नागेल्समानको राजीनामा
-
राष्ट्रियसभामा ६ विधेयक टेबुल
-
अहिलेका एआई प्रणाली ‘वास्तवमा स्मार्ट’ छैनन् : वैज्ञानिक यान लेकुन
-
'पीएनओलाई नागरिकता होइन, पुर्ख्यौली नेपालको पहिचान चाहिन्छ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण