शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
संसदीय समिति

अख्तियारका प्रमुख आयुक्त राईसहितका पदाधिकारी बोलाइए संसदीय समितिमा

आइतबार, ०३ असार २०८०, २३ : ०९
आइतबार, ०३ असार २०८०

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिले छलफलका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहितका पदाधिकारीलाई बोलाएको छ । 

आइतबार समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएका कामकारबाहीहरू, प्रमुख सवाल तथा समस्या, आयोगका सिफारिस कार्यान्वयन अवस्था, भावी कार्य योजना, समितिसँगको अपेक्षा र सहकार्यका क्षेत्रका बारेमा छलफल गर्न प्रमुख आयुक्त राई सहित आयुक्तहरू किशोर कुमार सिलवाल, जयबहादुर चन्द, डा. हरि पौडेल, डा. सुमित्रा श्रेष्ठ र सचिव रामेश्वर दंगाललाई छलफलका लागि बोलाएको हो । 

छलफलका क्रममा अख्तियारको तर्फबाट सचिव रामेश्वर दंगालले हालसम्म भएका काम कारबाही, प्रगति विवरण समितिमा प्रस्तुत गरेका छन् ।  उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी संसद्मा विचाराधीन अवस्थामा रहेको विधेयक छिटो अघि बढोस् भन्ने चाहना रहेको बताए । उनले सरकारी कामसँग जोडिएका निजी संस्था र एनजिओमा पनि अनुसन्धान गर्ने व्यवस्था राख्नुपर्नेमा जोड दिए । 

सचिव दंगालले सार्वजनिक सरोकार जोडिएको कम्पनी, निजी क्षेत्र समेतको भ्रष्टाचार अख्तियारको क्षेत्राधिकारभित्र पर्ने गरी अघि बढाउन जोड दिएका छन् । समितिमा छलफल जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप