शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

कर्णालीका अर्थमन्त्रीको खुलासा : बजेट निर्माणका क्रममा योजना आयोगबाट दबाब र बार्गेनिङ भयो

आवश्यक परे सार्वजनिक गरिने छ
आइतबार, ०३ असार २०८०, १५ : ५६
आइतबार, ०३ असार २०८०

सुर्खेत । बजेट तर्जुमाको विषयलाई लिएर बिचौलिया हाबी भएको भन्दै कर्णाली प्रदेश सरकारको आलोचना भइरहेको छ । बजेट बनाउँदा योजना हाल्नका लागि सरकारी निकायकै मतहतका व्यक्तिहरुबाट बार्गेनिङ र दबाब आएको कर्णाली प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले बताए । 

शुक्रबार संसदमा प्रस्तुत बजेटबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री सिंहले बजेट बनाउने समयमा दबाब र बार्गेनिङ आएको बताए । उनले प्रदेश योजना आयोगका मान्छेबाट बजेटमा दबाब र बार्गेनिङ आएको बताए । उनले आफूसँग बिचौलियाहरूका सबै प्रमाण सुरक्षित राखिएको र आवश्यक परे सार्वजनिक गर्ने दाबी समेत गरे ।  

‘म कहाँ नै नआएपनि हाम्रो सचिवालयमा विभिन्न प्रकृतिका म्यासेज, टेलिफोन, विभिन्न किसिमका आग्रह, प्रलोभन र बजेट निर्माणलाई प्रभाव पार्ने धम्की समेत आए,’ उनले भने,‘ कतिपयले पैसा बुझ्न आउनुस् समेत भने । ती सबै कुराहरुलाई हामीले रेकर्ड गरेर राखेका छौँ । आवश्यक परे सार्वजनिक पनि गर्नेछौँ ।’ 

मन्त्री सिंहले आफ्नो तर्फबाट बिचौलिया रोक्ने प्रयास भएको समेत दाबी गरे । उनले योजना आयोग बाहेक अन्य सरकारी निकायमै रहेका व्यक्तिहरुबाट समेत त्यस्तो भएको र आफू कसैको प्रलोभनका नपरेको बताए ।

 ‘केन्द्रमा अहिले चर्चित शरणार्थी प्रकरण छ, एक ठाउँमा लहरो तान्दा पहरो गएको छ, त्यही स्टाईलमै राज्यको ढुकुटीमाथि बिचौलियाको प्रवेश गर्नेहरुको पनि त्यस्तै चक्र रहेछ,’ उनले भने,‘ कोही जागिरमा आबद्ध मान्छेहरु पनि छन्, सबैलाई हामीले लिपिबद्ध गरेर राखेका छौँ । बिस्तारै कानुन, ऐन, नियम अनुसार अगाडि बढाइने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप