शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘आइएमई पे’ मा आयो एअरलाइन्स टिकटमा क्यासब्याकको बहार

आइतबार, ०३ असार २०८०, १६ : ४९
आइतबार, ०३ असार २०८०

काठमाडौं । ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ ।
 यसै सन्दर्भमा, यो हप्ता असार ३ देखि आइएमई पे ले एअरलाइन्समा क्यासब्याकको अफर सुरु गर्दैछ । एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखि साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन् । 

सो अन्तराल भित्रमा एअरलाईन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन् । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप