‘आदिपुरुष’को प्रदर्शनमा पोखरा महानगरपालिकाले पनि लगायो रोक
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’ विवाद दिन प्रतिदिन बढ्दो छ । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक्न एकपछि अर्काे गर्दै नेपाल महानगरपालिका अगाडि आउन थालेका छन् ।
यस्तैमा पोखरा महानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेका छन् । मेयर धनराज आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएको हो ।
आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।
फिल्म निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई आइतबार बेलुका पठाउँदै फिल्ममा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको छ । तर फिल्ममा समावेश विवादित सम्वाद हटाउने बिषयमा भने केही बताएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण