स्मार्ट टिभीहरूका लागि ट्वीटरको भिडियो एप आउँदैछः एलन मस्क
लस एन्जलस । ट्वीटरले स्मार्ट टिभीहरूको लागि ट्विटर भिडियो एप सुरू गर्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले स्वयंले भनेका छन् ‘यो आउँदैछ।’ ट्वीटर भिडियो एपको आवश्यकता रहेको भन्दै एक प्रयोगकर्ताले दिएको सुझावको जवाफ दिदै मस्कले भनेका छन, ‘यो आउँदैछ ।’
ट्वीटरमा एसएम रोबिन्सन नामका एक प्रयोगकर्ताले भने, ‘हामीलाई स्मार्ट टिभीका लागि ट्वीटर भिडियो एप चाहिन्छ किनभनै मैले ट्वीटरमा एक घण्टा लामो भिडियो हेर्न पाईरहेको छैन् ।’
जसमा मस्कले जवाफ दिएका हुन्, ‘यो आउँदैछ।’ मस्कको प्रतिक्रिया पछि ती प्रयोगकर्ताले ट्वीट गरे, ‘यो सराहनीय छ। म अब यु–टयुबमा सब्सक्राइब गर्ने छैन, त्यो म अब रद्ध गर्नेछु र त्यसलाई फेरि कहिल्यै हेर्ने छैन।’
ट्वीटरले नयाँ अपडेट पनि ल्याएको छ, जहाँ यसले आफ्ना ब्लु टिक सदस्यहरूलाई २ घण्टा लामो भिडियोहरू अपलोड गर्न अनुमति दिएको छ । उनले ट्वीटर गर्दै मस्कले भनेका छन, ‘ट्विटरका प्रमाणित सदस्यहरूले अब २ घण्टाको भिडियो (८ जीबी) अपलोड गर्न सक्नेछन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण