मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ : अर्थमन्त्री

विराटनगर । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री डा. महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् ।
‘सेवाग्राही माझ सहज रूपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न निर्देशन दिँदै मन्त्री डा. महतले भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’ यस्तै, बजेटले करका दायरा फराकिलो बनाएको र यसमा कर्मचारीले सेवाग्राहीलाई राम्रोसँग बुझाउने समेत अर्थमन्त्रीले बताएका छन् ।
‘तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ’ मन्त्री डा. महतले भने, ‘आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ ।’ उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री महतले कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
-
भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो
-
हेडलाइनमा आउन आफ्नो नाम प्रयोग गरेको भन्दै अभिनेत्री मावरा आक्रोशित
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘खैजेडीको घेरो’
-
सुरक्षित हुन्छ त पिउने सनस्क्रिन ?