आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

के चिनियाँ राष्ट्रपतिले अमेरिकाका विदेशमन्त्रीलाई भेट्नेछन् ?

सोमबार, ०४ असार २०८०, ११ : २०
सोमबार, ०४ असार २०८०

अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कन चीनको दुई दिवसीय भ्रमणमा छन् । हाल ब्लिङ्कन चीनका शीर्ष कूटनीतिज्ञ वाङ यी र चीनका विदेशमन्त्री चिन गांगसँग भेटवार्तामा व्यस्त छन् तर सबैभन्दा ठुलो प्रश्न भनेको के उनले राष्ट्रपति शी जिनपिङलाई भेट्लान् ?

वाङ यी, कम्युनिस्ट पार्टीको केन्द्रीय विदेश मामिलाका आयोगका प्रमुख हुन् ।

अमेरिकाले हालसम्म दुई नेताको भेटवार्ताका लागि पुष्टि गरेको छैन तर दुई नेताबीच भेटघाट हुने विभिन्न अड्कलबाजी भने गरिँदै छन् ।

सन् २०२२ मा नोभेम्बरमा अमेरिकाकी उप–राष्ट्रपति कमला ह्यारिसले व्यक्तिगत रूपमा शी जिनपिङसँग भेटघाट गरेकी थिइन् । उक्त भेट थाइल्यान्डमा एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलन भएको थियो ।

त्यतिबेला देखि अहिलेसम्म अमेरिकाका कुनै पनि शीर्ष अधिकारीले चीनका राष्ट्रपतिसँग भेटघाट गरेका छैनन् । 

आइतबार आठ घण्टा लामो बैठक

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले आइतबार चिनियाँ समकक्षी चिन ग्याङसँग भेट गरी सँगै डिनर गरेका थिए । यो बैठक निर्धारित समयभन्दा एक घण्टा बढी अर्थात आठ घण्टा चलेको थियो ।

आइतबार राति एक प्रेस ब्रिफिङमा अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले अमेरिका चीनसँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्नेतर्फ अघि बढिरहेको बताए ।

दुई नेताबीच अमेरिका र चीनबीच चलिरहेको मतभेदबारे पनि छलफल भएको बताइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप