नेपाली पुस्तकलाई सीमामा कडाइ नगर्न कुलपति राईको आग्रह
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा प्रकाशित पुस्तक भारत लैजाने क्रममा सीमामा कडाइ हुने गुनासो आएको भन्दै समस्या सम्बोधनका लागि पहल गर्न नेपालस्थित भारतीय राजदूतावासको ध्यानाकर्षण गराएका छन् ।
नेपाल-भारत साहित्य समारोहअन्तर्गत नेपाल–भारत पुस्तकालय काठमाडौँमा आयोजित ‘पुस्तक विमोचन एवं परिचर्चा’ कार्यक्रममा कुलपति राईले नेपाल र भारतमा प्रकाशित पुस्तकमा दुवै देशका पाठकको सहज पहुँच पुर्याउन सके पुस्तकको प्रभावकारिता अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
सो अवसरमा उनले डा श्वेता दीप्तिद्वारा लिखित ‘साहित्य शोध समिधा’ र डा रामदयाल राकेशद्वारा नेपालीबाट हिन्दी भाषामा अनुदित ‘समकालीन नेपाली कविताएँ’ शीर्षकका दुई पुस्तक विमोचन गरे ।
दुवै पुस्तकहरू दुई देशबीच भाषिक, साहित्यिक, सांस्कृतिक एवं कलाको आदानप्रदानमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उनले दुई देशबीचको सम्बन्धलाई भाषा, साहित्य, कला र संस्कृतिमार्फत थप सुदृढ पार्न भारतीय दूतावासले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण