मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानको भाकर अदालतमा गोली चल्दा दुई जना घाइते

सोमबार, ०४ असार २०८०, १९ : १३
सोमबार, ०४ असार २०८०

भाकर । पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार न्यायाधीश भक्कर कलोरकोटको इजलासमा गोली चलेको थियो । मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहमा दुई जनाले गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ भने घाइतेहरूलाई अस्पताल  पुर्याइएको एआरवाई न्युजले उल्लेख गरेको छ।

पुरानो दुश्मनीका कारण सो घटना भएको प्रहरीको अनुमान छ ।

घटनाको अनुसन्धान भइरहेको छ ।-(रासस-एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप