मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सिरियामा सडक किनारमा बम विस्फोट हुँदा ५ सैनिकको मृत्यु

सोमबार, ०४ असार २०८०, २२ : २४
सोमबार, ०४ असार २०८०

दमास्कस । सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा सोमबार सडक किनारमा राखिएको बम विस्फोटमा परी पाँच सैनिकको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएको सरकार समर्थक शाम एफएम रेडियोले जनाएको छ ।
बम देइर अल–जोरको पश्चिमी ग्रामीण इलाकाको सडकको छेउमा राखिएको थियो । 

बम कसले राखेको हो भन्ने अझै प्रस्ट भइसकेको छैन तर यसले सक्रिय इस्लामिक स्टेट (आईएस) लडाकुहरूमाथि सङ्केत गरिएको छ । आइतबार मध्य प्रान्त होम्सको मरुभूमि क्षेत्रमा सडक किनारमा राखिएको बम विस्फोटमा तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका थिए ।

यसैगरी आइतबारको अर्को छुट्टै आक्रमणमा एक सिरियाली लेफ्टिनेन्टलाई आईएस समूहका लडाकुहरू मानिने सशस्त्र व्यक्तिहरूले घाइते बनाएका थिए । जुन १३ मा सडक किनारमा भएको बमले होम्समा एक सिरियाली सैनिक अधिकारीको मृत्यु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप