जिल्ला प्रशासन कार्यालय रौतहटमा आजदेखि विद्युतीय राहदानीको काम सुरु

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटमा विद्युतीय राहदानीको काम सुरु भएको छ। सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी सेवाको काम बिहान ७ बजे देखि सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रचण्ड गर्मी र सेवा ग्राहीको चापलाई ध्यान दिँदै आज बिहानैदेखि सेवा दिन सुरु गरिएको बताए । प्रत्येक आइतबारदेखि बिहीबारसम्म बिहान ७ बजे देखि साँझ ५ बजेसम्म र शुक्रबार बिहान ७ बजे देखि दिउँसो ३ बजेसम्म विद्युतीय राहदानी सेवाको काम हुने सिडिओ मिश्रले जानकारी दिए ।
विद्युतीय राहदानीको फर्म भराउने तथा बायोमेट्रिक सेवा जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरी निःशुल्क रहेको जानकारी दिइसकेको छ । सेवाग्राहीको सुविधाका लागि सो कार्यालयले परिसर भित्र सन्देश प्रसारण गर्न लागि साउन्ड सिस्टम जडान गरेका छ । गर्मीमा सेवा ग्राहीलाई राहत होस भनी बढी चहल पहल हुने प्रतीक्षालय सहितका ठाउँ ठाउँमा पङ्खा जडानसमेत भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा