जिल्ला प्रशासन कार्यालय रौतहटमा आजदेखि विद्युतीय राहदानीको काम सुरु
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटमा विद्युतीय राहदानीको काम सुरु भएको छ। सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी सेवाको काम बिहान ७ बजे देखि सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रचण्ड गर्मी र सेवा ग्राहीको चापलाई ध्यान दिँदै आज बिहानैदेखि सेवा दिन सुरु गरिएको बताए । प्रत्येक आइतबारदेखि बिहीबारसम्म बिहान ७ बजे देखि साँझ ५ बजेसम्म र शुक्रबार बिहान ७ बजे देखि दिउँसो ३ बजेसम्म विद्युतीय राहदानी सेवाको काम हुने सिडिओ मिश्रले जानकारी दिए ।
विद्युतीय राहदानीको फर्म भराउने तथा बायोमेट्रिक सेवा जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरी निःशुल्क रहेको जानकारी दिइसकेको छ । सेवाग्राहीको सुविधाका लागि सो कार्यालयले परिसर भित्र सन्देश प्रसारण गर्न लागि साउन्ड सिस्टम जडान गरेका छ । गर्मीमा सेवा ग्राहीलाई राहत होस भनी बढी चहल पहल हुने प्रतीक्षालय सहितका ठाउँ ठाउँमा पङ्खा जडानसमेत भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण