बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ब्रोकर लाइसेन्स रोक्ने अर्थ समितिको निर्देशन खारेज, थप प्रक्रिया अघि बढ्ने

मङ्गलबार, ०५ असार २०८०, ११ : ३५
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । नयाँ ब्रोकर लाइसेन्स लाइसेन्सको प्रक्रिया रोक्न अर्थ समितिले दिएको निर्देशन खारेज भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो । 

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसहित आज बिहान बसेको समितिको बैठकले ब्रोकर लाइसेन्स थप प्रक्रिया अघि बढाउने गरी स्वीकृति दिएको अध्यक्ष हमालले रातोपाटीलाई जानकारी दिए । 

‘बिहान दुई घण्टा लामो छलफलका क्रममा नयाँ ब्रोकर लाइसेन्सलाई रोक्न नहुने निष्कर्ष निस्कियो । खुल्ला अर्थतन्त्रको मान्यतामा पहिलो पटक खुला प्रणालीबाटै लाइसेन्स वितरणको प्रक्रिया अघि बढाइएकाले यसले कसैलाई पनि हानी नगर्ने निष्कर्षसहित प्रक्रिया अघि बढाउन भनिएको छ’ हमालले रातोपाटीसँग भने । 

उसो त जेठ २९ गतेको अर्थ समितिको बैठकले कानुनी व्यवस्था मिलाएर बोर्डले थप लाइसेन्स बाँड लागेको भन्दै विरोध भएको थियो भने लाइसेन्स प्रक्रिया नै रोक्न धितोपत्र बोर्डलाई निर्देशन गरेको थियो । 

विवादकाबीच अघि बढेको नयाँ ब्रोकर लाइसेन्सका ४५ कम्पनीले आवेदन दिएकामा हालसम्म प्रक्रिया पुर्‍याएका र पूर्वाधार तयार गरेका १९ कम्पनीले लाइसेन्स पाइसकेका छन् । बाँकी आवेदन परेका कम्पनीहरूको समेत प्रक्रिया र पूर्वाधार हेरेर मापदण्ड पुगेकालाई लाइसेन्स दिन बोर्डको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप