संसद्कै मर्यादापालकमाथि विभेद भयो : सांसद ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद् भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले संसद् सचिवालयका कर्मचारीलाई खाजा भत्ता समेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको पनि एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताएका हुन् ।
सांसद ढकालले संघीय संसद् भवनभित्र आफ्नो आँखा अगाडि भइरहेको बेथिति र विभेद अन्त्य हुनुपर्ने समेत जिकिर गरे । उनले भने, ‘बेथितिका कुराहरू गरिरहँदा मित्र राष्ट्र चीन सरकारले बनाई दिएको यो बिल्डिङ सहरी विकास मन्त्रालय अन्तरगत पर्दछ । यो बिल्डिङको बेथितिको कुरा उठाउँदैछु । सहरी विकास मन्त्रालयका छानो टाल्नलाई बजेट आउँदो रहेछ । यो वर्ष पनि चुहिन्छ । यही कम्पाउन्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ । पानी आउँदैन, भुक्तानी भएछ । यही भित्र संसद् सचिवालयका कर्मचारीहरूको खाजा भत्ता छ । मर्यादापालक दाजुभाइ, दिदीबहिनीहरूको १२ घण्टासम्म यहाँ ड्युटी गर्नु हुन्छ । उहाँहरूलाई एक रुपैयाँ पनि भत्ता छैन । यो विभेद, यही भित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाहिँ लज्जाबोध हुन्छ । म सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण