दुर्घटना
सुदूरपश्चिमका कानुन मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ५ जना घाइते
मङ्गलबार, ०५ असार २०८०, १४ : ५०
धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।
सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।
दुर्घटनामा परि मन्त्री सिंहसहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ । बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थलमा प्रहरी टोली गएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण