श्रीलङ्कामा सडक दुर्घटनामा एक हजार ४३ जनाको मृत्यु

कोलम्बो । श्रीलङ्कामा यो वर्ष अहिलेसम्म कूल ८,८७५ वटा सडक दुर्घटना भएका छन् । ती विभिन्न दुर्घटनामा १,०४३ जनाको मृत्यु भएको छ ।
यातायात मन्त्री लासान्था अलागियावान्नाले सोमबार सो जानकारी गराएका हुन् ।
यी दुर्घटनामा अधिकांश बस, मोटरसाइकल र तीनपाङ्ग्रे सवारी साधन रहेको पनि मन्त्रीले सञ्चारमाध्यमलाई बताए ।
यसैबीच दुर्घटना न्यूनीकरणका लागि सहकार्यात्मक कार्ययोजना अघि बढाइएको छ । पश्चिमाञ्चल प्रदेशमा मदिरा र लागुऔषध सेवन गरी सवारी चलाउने चालकको पहिचान गर्न मे १८ गतेदेखि पाइलट कार्यक्रम सुरु गरिएको मन्त्रीले बताए ।
सोमबारदेखि आइतबारसम्म पश्चिमाञ्चल प्रदेशमा लागुऔषध सेवन गरी सवारी चलाएको आशङ्कामा एक हजार ७८१ चालकको परीक्षण गरिएको राज्यमन्त्रीले जानकारी दिए ।
श्रीलङ्कामा सन् २०२२ मा करिब १९ हजार ७४० सडक दुर्घटना भएको थियो जसमा दुई हजार चार सय ८५ जनाको मृत्यु भएको थियो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?