मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कुरूप टुँडिखेल

बुधबार, ०६ असार २०८०, ०७ : १६
बुधबार, ०६ असार २०८०

काठमाडौं । आठ वर्षअघिको भूकम्पबाट ध्वस्त भएको सम्पदाहरूको भग्नावशेषको पहाड हटाउने विषयमा कसैको चासो परेको छैन । पुरातात्विक महत्वका सम्पदा धरहरा, विश्व सम्पदासूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रका ध्वस्त भएका सम्पदाको स्क्राइब राखिएको टुँडिखेल कुरूप देखिएको छ । पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, धरहरा निर्माण गर्ने रमण कन्सट्रक्सन र नेपाली सेनाको आपसी सहमति नभएका कारण कुरूप टुँडिखेल सफा हुन नसकेको हो ।

धरहरा पुनर्निर्माणको क्रममा नेपाली सेनाको स्वीकृतिमा रमण कन्ट्रक्सनले सो क्षेत्रमा केही समयका लागि फोहोर फ्याक्न स्वीकृति पाएको थियो । त्यसपछि ध्वत भएका सम्पदा, नेपाली सेनाको भवन निर्माण गर्दा फालिएका समान र धराहराको धुलो थुपारिएको थियो । सामान हटाउने विषयमा खासै चासो नदेखाएको कारण समस्या बढ्दै गएको छ ।

केही समय त पुरातत्व विभागले रोकेको थियो । ‘विभागका प्रवक्ता रामबहादुर कुँवरले पुरातात्विक सामग्री छान्नुपर्ने भएकाले केही वर्ष रोकेका हौं, सबै पुरातात्विक सामग्री संकलन गरिसकेका छौं हटाउँदा फरक पर्दैन,’उनको भनाइ थियो ।

राजधानीकै सबैभन्दा ठूलो खुला क्षेत्रको दयनीय अवस्था देखेपछि काठमाडौं महानगरले चासो देखाएको थियो । कामपाका प्रमुख बालेन्द्र साहले तत्काल सामग्री हटाउन शहरी विकास विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई पत्राचार गरेका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप